नेपथ्यले आगामी दसौं एल्बमको नयाँ गीत ‘हो रामा रामा’ युट्युव मार्फत् सार्वजनिक गरिएको छ । विगत दुई वर्षदेखि नेपथ्यले लाइभ कन्सर्टहरूमा यो गीतलाई प्रस्तुत गर्दै आएको थियो । सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सियोलमा पहिलोपटक गाइएको यो गीतको भिडियोलाई सियोलमै कन्सर्ट गर्न लागेको बेला युट्युवमार्फत् सार्वजनिक गरेको हो । नेपथ्यले आफ्नो दसौं एल्बमको रेकर्डिङ भर्खरै सम्पन्न गरेको छ र यो चाँडै सार्वजनिक हुने तयारीमा रहेको छ ।