जी टिभीको शो ‘कुमकुम भाग्य’ मा चाँडै अभिनेत्री मौनी रोय एक डान्स परफर्मेन्स गर्दै गरेको देख्न सकिनेछ । कुमकुम भाग्यमा ‘देवा श्री गणेशा’ को नाम एक विशेष एपिसोड प्रशारण हुँदैछ, यसै विशेष एपिसोडमा मौनी डान्स परफर्मेन्स प्रस्तुत गर्नेछिन् । मौनी रोय फिल्म ‘बाजीराव मस्तानी’ को लोकप्रिय गीत ‘मोहे रंग दो लाल’ मा प्रस्तुती दिनेछिन् । अभिनेत्री मौनी रायले आफ्नो उक्त डान्स परफर्मेन्स आफ्नो साथी तथा शोमा मुख्य भूमिका निर्वाह गर्दै गरेकी श्रीति झा प्रति समर्पित गरेकी छिन् । मौनीले एक कुराकानीमा भनेकी छिन्, ‘म आफ्नो साथी श्रीति झाको शो ‘कुमकुम भाग्य’ मा गणपति विशेष एपिसोडमा देवा श्री गणेशाको नाममा प्रस्तुती दिने अवसर दिएकोमा आभारी छु । म यो प्रस्तुती आफ्नो साथीका लागि समर्पित गर्दछु ।’