बलीउडस्टार आमिर खान केहि खास गरिरहेका हुन्छन् । पर्दाबाहिर पनि यी अभिनेता फरक किसिमको काम गर्न रुचाउँछन् । ५१ वर्षका खानले अहिले १० करोडको गाडी चढ्ने गरेका छन्, त्यो पनि बमले असर नगर्ने । गाडीका सोखिन उनीसँग हाल बमप्रूफ मर्सडीज बेंज $६०० कार छ । रिपोर्टका अनुसार उनले यो कार २०१४ मा किनेका हुन् । उनले खरिद गरेको यो कार तत्कालिन समयमा भारतका दुईजना व्यक्तिसँग मात्र यो किसिमको कार रहेको थियो । जसमा तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह र अर्वपति मुकेश अम्बानीसँग यो कार रहेको बताईन्छ । आमिर खान अहिले ‘सेक्रेट सुपरस्टार’ चलचित्रको छायाँकनमा व्यस्त छन् भने चाँडै उनको चलचित्र ‘दंगाल’ प्रदर्शनमा आउँदैछ ।