बलीउड अभिनेत्री एमी ज्याक्सन यति बेला निकै खुसी छिन् । यसअघि सलमान खानको फिल्म ‘किक’ मा मुख्य भूमिका पाउँदा उनले समय दिन सकेकी छैनन् । सलमानकै नयाँ फिल्म ‘दवंग–३’ मा काम गर्ने प्रस्ताव आएपछि उनले खुसी व्यक्त गरेकी हुन् । सन् २०१७ मा निर्माण गर्न लागिएको दवंग–३ मा सोनाक्षी सिन्हाले काम नगर्ने भएकी छन् । दवंगको यो तेस्रो शृंखलामा सोनाक्षीले अभिनय गर्न नभ्याएपछि एमीले त्यो फिल्ममा अवसर पाउने भएकी छन् । आफूलाई दवंग–३ मा प्रस्ताव आएकोमा एमीले भनिन्, ‘किकमा मैले समय दिन नसक्दा मलाई ठूलो पछुतो भएको थियो । यसपटक फेरि सलमानसँग काम गर्ने अवसर आएकाले म त्यो अवसरलाई गुमाउन चाहन्न ।’ आफूलाई प्रस्ताव आएको भए पनि फिल्ममा अनुबन्धित भइनसकेको उनले बताएकी छन् ।