गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ हेर्न अहिले हलमा दर्शकहरुको बाढी नै उर्लिएको छ । प्रदर्शनमा आएको दोस्रो दिनमा नै डेढ करोड माथिको विजनेश गरेको ‘छक्का पन्जा’ हेर्न अहिले पनि हलहरुमा दर्शकहरुको भिड थामिनसक्नुको छ । प्रदर्शनमा आएको ६ दिनसम्ममा चलचित्र ‘छक्का पन्जा’ सिंगल र मल्टिप्लेक्सहरुमा अहिले पनि हाउसफुल रहेको चलचित्रका वितरकले बताएका छन् । खबरका अनुसार यो चलचित्रले प्रदर्शनमा आएको ६ दिनसम्ममा ३ करोड नजिकको व्यापार गरिसकेको छ । यो व्यापार केही बर्ष यताकै सबैभन्दा उच्च हो । काठमाण्डौं तथा मोफसलका ८० बढी हलमा प्रदर्शनमा आएको चलचित्र छक्का पन्जाले यही रफ्तारमा दर्शक हलमा तानेको खण्डमा पाँच करोड माथिको ग्रस कलेक्सन गर्ने सक्ने संकेत यस चलचित्रका वितरकहरु बताउँछन् । यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।