केही महिनादेखी हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘डिप्रेसन’ का कारण थलिएको खबर नेपाल सञ्चारमाध्यममा खुबै आइरहेको छ । ‘डिप्रेसन’ का कारण केदार घिमिरेको स्वास्थ्य अबस्था जटिल बन्दै गएको खबरहरुले उनका फ्यानहरु पनि निकै चिन्तित बनिरहेका थिए । तर अब ‘माग्ने बुढा’ का फ्यानहरुलाई खुसीको खबर आएको छ । विस्तारै स्वास्थ्यमा सुधार भएपछि उनी पुन: अभिनयमा फर्किएका छन् । हालै उनले आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो’ गीतको म्यूजिक भिडियोको सुटिङ सकाएका छन् । गीतमा संगीत हरि लम्सालको छ ।
हाल प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ मा काम गरेपछि उनको स्वास्थ्यमा समस्या आएको थियो र उनले अभिनय यात्रामा ब्रेक लिएका थिए । स्वास्थ्यमा क्रमश सुधार भइरहेको कारण अब अभिनयलाई यात्रालाई पनि निरन्तरता दिने केदारले बताएका छन् । उनले भने, ‘अहिले स्वास्थ्य अवस्था ठिक हुँदैछ । औषधी खाइरहेको छु ।’ यस्तै उनले मिडियामा आफ्नो स्वास्थ्यबारे धेरै जस्तो बढाई चढाई आएको पनि बताएका छन् । हाल प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ मा अहिले केदार घिमिरेको भुमिकालाई दर्शकहरुले निकै रुचाइरहेका छन् ।