२०१५ मा जब बलिउड अभिनेत्री परिणीति चोपडाले बान्द्रामा घर किनिन्, त्यतिवेला उनको ठूलो प्रशंसा भयो । लामो समय नयाँ घर खोजेपछि उनले बान्द्रामा त्यो फ्ल्याट किनेकी थिइन्, जहाँबाट समुद्रको मनमोहक दृश्य देखिन्थ्यो । तर, अब उनी त्यही फ्ल्याटमा बसिरहेकी छैनन् । फ्ल्याटको गेटमा उनको नेमप्लेट पनि हटाइएको छ । केही सातायता बान्द्रामा परिणीति देखिन छाडेपछि प्रश्न उठेको छ– आखिर कहाँ बस्न थालिन् परिणीति ? बलिउडका केही मिडियाले उनी अँधेरीस्थित एउटा घरमा सरेको स्रोतको हवाला दिँदै दाबी गरेका छन् । वास्तुशास्त्रका कारण पनि परिणीतिले त्यो घर छाडेको हुनसक्ने अनुमान छ । तर, उनका प्रवक्ताले भनेका छन्– परिणीतिका दुई घर छन्, उनी त्यही घरमा बस्छिन् जहाँ सहज हुन्छ ।