अभिनेता ऋतिक रोशन र साहरुख खानका फिल्म केही वर्षयता सँगसँगै जसो रिलिज हुँदै आएका छन् । अब फेरि एकपटक यस्तै हुने सम्भावना बढेको छ । फिल्म निर्माता राकेश रोशनले ऋतिकको आगामी फिल्म ‘क्रिस–४’ सन् २०१८ को क्रिसमसमा रिलिज हुने घोषणा गरेसँगै यो सम्भावना बढेको हो । उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो घोषणा गरेका थिए । उता, साहरुखको फिल्म निर्माता कम्पनी रेड चिलिजले पनि फिल्म २१ डिसेम्बर २०१८ मा नै रिलिज गर्ने घोषणा यसअघि नै गरिसकेको थियो । अब फिल्म जुध्ने भएकाले उनीहरूले ‘रिलिज डेट’ पछि सार्छन् या यसलाई नै कायम राख्छन् भन्नेचाहिँ समयले बताउला ।