बलिउड अभिनेता अमिताभ बच्चनले विदेशीहरूले आफ्नो देशलाई बलात्कारीहरू बसोबास गर्ने ठाउँको रुपमा ब्याख्या गर्दा आफू लज्जित हुने गरेको बताएका छन् । आफ्नो अगामी चलचित्र पिंकको लागि आयोजित पत्रकार सम्मेलनमा अमिताभले भने,‘जब तपाई विदेश जानु हुन्छ र त्यहाँका मानिसलाई आफू भारतबाट आएको बताउनु हुन्छ। र, उनीहरूले बलात्कारी बस्ने देश भनेर सोध्छन, त्यतिबेला तपाई कस्तो महसुस गर्नु हुन्छ ? म चाहन्छु यो अवस्था हटेर जाओस्।’ उनले पत्रकार सम्मेलनमा विदेशीहरूले भारतलाई विकासशील देश भनेको पनि आफूलाई मन नपर्ने बताए।