अभिनेता टम क्रुज स्पाइ थ्रीलर एक्सन फिल्म ‘मिसन इम्पोसिबल’ को छैटौं श्रृखंलामा खेल्ने भएका छन् । बजेटलाई लिएर विवाद भएपछि यसै वर्षको सुरूमा फिल्मको प्रि-प्रोडक्सनको काम अवरूद्ध भएको थियो। फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले किन्ने पक्कापक्की भएको हलिउड रिपोर्टरले जनाएको छ। प्यारामाउन्ट र टमको उनको पारिश्रमिकलाई लिएर विवाद भएपछि प्रि-प्रोडक्सन रोकिएको थियो। फिल्म यसअघि नोभेम्बरमा नै फ्लोरमा जाने बताइएको थियो। फिल्म आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने तय भएको छ।