अष्ट्रेलियाकी सुपरमोडल मिरान्डा केरले स्नैपचैट के को-फाउन्डर इवान स्पीगेलसँग इन्गेज्मेन्ट गरेकी छिन् । केरले इन्स्टाग्राममा इन्गेज्मेन्टको घोषणा निकै अलग अन्दाजमा गरेकी थिइन । ३३ बर्षिय केरले स्नैपचैट फिल्टरमार्फत आफ्नो इन्गेज्मेन्टको फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले जुन फोटो इन्स्टाग्राममा पोष्ट गरेकी छिन्, त्यसमा दुवैको हातमा डाइमण्ड रिंग लगाएको देख्न सकिन्छ । केरले इन्स्टाग्राममा पोष्ट गरेको तस्बिरमा लेखेकी छिन् -‘मैले हुन्छ भनिदिएँ ।’ उक्त फोटोमा एक कार्टून पनि राखिएको छ जुन कार्टूनमा मैरी मी भनेर लेखिएको छ । यो केरको दोस्रो विवाह हुनेछ । उनले यसअघि २०१० देखी २०१३ सम्ममा एक्टर ओरलैंडो ब्लूमसँग बैबमहिक समबन्ध विताएकी थिइन । यि दुईका एक छोरा पनि छन्, जसको नाम फ्लिन हो । २६ बर्षिय स्पीगेल स्टैनफोर्डको यो पहिलो विवाह हो । विक्टोरिया सीक्रेटकी मोडल केर र स्पीगेल २०१५ देखी डेटमा रहेका थिए ।