बलिउड नायीका करीना कपुर ३६ बर्षमा प्रवेश गरेकी छिन् । २१ सेप्टेम्बर, १९८० मा करिनाको जन्म मुम्बईको पंजाबी कपूर परिवारमा भएको थियो । करिनाले १६ वर्ष अघि बलिउडमा पाइला टेकेकी थिइन्। उनको परिवारको वातावरण नै फिल्मी थियो। उनका हजुरबुबा राज कपुर चर्चित नायक थिए भने उनकी दिदि करिना कपुर पनि नायीकाको रुपमा बलिउडमा जमिसकेकी थिइन्। सन २००० मा करिनाले पहिलो चलचित्र रिफ्युजी सार्वजनिक भएको थियो। करिनाले थ्रि इडियट, ओमकार, चमेली, अशोका, जब वी मेट, बगिगार्ड जस्ता चलचित्रमा काम गरिसकेकी छिन्। एक ताका ‘जिरो फिगर’का कारण पनि करिनाले निकै ठुलो चर्चा कमाएकी थिइन्। करिना पहिले वकिल बन्ने उच्छा राख्दथिइ्न तर समयले उनलार्इ नायीका बनायो। यसको खुलासा उनले आफ्नो किताब ‘The Style Diary of a Bollywood Diva’ मा गरेकी छिन्। उनलाई घरमा भने बेबो भनेर बोलाउने गरिन्छ। २०१२ मा नायक सैफ अलि खानसँग विवाह गरेकी करिना यसै बर्ष पहिलो पटक आमा बन्दैछिन् ।