सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको नेपाली चलचित्र ‘बर्दी’को टिजर र एक गीत सार्वजनिक गरिएको छ । आफ्नो जन्मदिनको अवसर पार्दे कुमार आचार्यले गृह जिल्ला काभ्रेपलाञ्चोकको एक रेष्टुराँमा चलचित्रको टिजर र गीत सार्वजनिक गरेका हुन् । कार्यक्रममा चलचित्रको अडियो लञ्च पनि गरिएको थियो । निर्माता छविराज ओझा, फिल्म वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी, अरनिको टेलिभिजनका एमडी शंकर अधिकारी, नेपाली कांग्रेस केन्द्रिय कार्यालयका सचिव डा.प्रदिप पराजुली र चलचित्रका कलाकारले संयुक्त रुपमा अडियो सार्वजनिक गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी रहेका निर्माता छविराज ओझाले कुमार आचार्यलाई जन्मदिनको शुभकामना दिँदै उनका छोरालाई ‘एभरेष्ट फिल्म एकेडेमी’ मा जुन विषय लिएर अध्ययन गरेपनि निशुल्क पढाउने बाचा पनि गरेका छन् । मिनभवनमा सञ्चालनमा आएको एभरेष्ट फिल्म एकेडेमीमा छविराज ओझाको पनि लगानी रहेको छ । हाल कुमार आचार्यका छोरा दश कक्षामा अध्ययन गर्दैछन् । कुमारले निर्माण भएको चलचित्र बर्दीको टिजर र गीत सार्वजनिक कार्यक्रममा धर्मपत्नी, एक छोरी र एक छोरासँगै चलचित्रकर्मी, पत्रकारहरुको सहभागीता रहेको थियो । ‘सागर जस्तो’ बोलको गीत सार्वजनिक गर्दै कुमार आचार्यले चाँडै चलचित्रको रिलिज डेट तय गर्ने बताए । विजयविक्रम बस्नेतले निर्देशन गरेको यो चलचित्रमा अनु शाह, कुशल थापा, रुपा खनाल, भानु प्रताप र म्यान्दी बाबुले फिल्ममा अभिनय गरेका छन् ।