priबलीउड तथा हलीउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक हलिउड फिचर फिल्म ‘बेवाच’ मा नकारात्मक भुमिका गरेकी छिन् । ९० को दशकको लोकप्रिय टिभी श्रृंखलामा आधारित फिल्ममा ३४ वर्षिय प्रियकाले भिक्टोरिया लीड्को भुमिका गर्दैछिन् । ‘क्वानटिको’ की अभिनेत्री प्रिंयकाले उक्त फिल्म हेरेपछि आफ्नो भुमिकालाई घृणा गर्ने बताएकी छिन् । फिल्ममा ड्वेन जोनसन र ज्याक इफ्रोनको प्रमुख भुमिका रहेको छ । प्रियंकाले भनेकी छिन्,‘म यस फिल्ममा हदभन्दा धेरै घटिया बनेकी छु । अमेरिकाले मलाई घृणा गर्नेछ । म गम्भिर हुदै यो कुरा भनिरहेकी छु । ज्याक र द रकलाई मैले धेरै नराम्रो व्यवहार गरेकी छु । कुनै राजकुमारीको जस्तो मज्जा लाग्दो भुमिका मेरो रहेको छैन ।’