भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवन कथामा आधारित बायोपिक फिल्म ‘धोनी : दि अनटोल्ड स्टोरी’ सोचेभन्दा लामो फिल्म बनेको छ। प्राप्त खबरका अनुसार धोनीको बायोपिक ३ घण्टा १० मिनेट लामो बनेको छ। फिल्मको पहिलो हाफ २ घण्टा ४० मिनेटमा सकिन्छ। निरज पाण्डेले निर्देशन गरेको फिल्मलाई इन्सपायर्ड इन्टरटेनमेन्ट र अरुण पाण्डेले निर्माण गरेका हुन्। बायोपिकमा अभिनेता सुसान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गर्दैछन्। उनीसँगै दिशा पटानी, कियारा अद्भावी र अनुपम खेरको फिल्ममा अभिनय रहेको छ।
फिल्म २०१६ को ३० सेप्टेम्बरमा प्रदर्शन हुँदैछ।