कटरीना कैफसँग ब्रेकअपपछि जो कोही यो कुरा जान्न आतुर छन् कि अहिले रणवीर कपूर कुन यूवतीसँग डेट गरिरहेका छन् । केही दिन पहिला रणबीर कपूर दिल्लीकी एक यूवतीसँगको अफयेरमा रहेको खबर बाहिर आएको थियो । तर हालैमा रणवीर कपूर बलीउड अभिनेत्री श्रुति हासनसँग अफयेरमा रहेको खबरले राम्रै हंगामा मच्चाइरहेको छ । यस विषयमा अहिले निकै चर्चा भइरहेको छ कि रणबीर कपूर र श्रुति हासन लुकीचोरी डेट गरिरहेका छन् । सबैभन्दा पहिला रणबीर र श्रुतिको जोडी एक टिभी शोमा एकसाथ देखिएको थियो त्यसपछि दर्शकहरुले उनीहरुको जोडीलाई निकै रुचाएका थिए । अहिले प्राप्त खबर अनुसार रणबीरले श्रुतिलाई सीक्रेड डिनर डेटमा समेत लगेका थिए । यो खबरलाई भने रणबीर र श्रुतिले झुटो भएको बताएका छन् । रणबीरका नजिकका स्रोतले बताए अनुसार रणबीर र श्रुति मात्र असर साथी हुन् । स्रोतका अनुसार रणबीर अहिले सिंगल नै छन् र उनी अहिले कसैसँग रिलेशनसिपमा पनि छैनन् ।