यशराज फिल्म्सले निर्माण गर्न लागेको चलचित्र ‘ठग’को चर्चा अहिले बलीउडमा राम्रैसँग चलेको छ । लगातार यसअघि फाइनल भएका कलाकारहरुले चलचित्र छोड्न थालेपछि अहिले निर्मापक्ष तनाबमा देखिएको छ । अमिताभ बच्चन र दीपिका पादुकोणले यो फिल्म यसअघि नै छोडिसकेका छन् । उनीहरु सम्झौता तोडेर नै चलचित्र नखेल्ने घोषणा गरिसकेका छन् । ‘धुम ३’ का डाइरेक्टर विजय कृष्णा आचार्यले निर्देशन गर्ने बताइएको यो चलचित्रको छायाँकन बारम्बार रोकिदै आएपछि अमिताभ बच्चन र दीपिकाले चलचित्र ठग छोडेको हुन् । फेरी अहिले अर्को खबर बाहिरिएको छ कि चलचित्र ठगबाट अभिनेता रितिक रोशनले पनि हात झिकेका छन् ।
यशराज फिल्म्सले चलचित्रको प्रमुख भुमिकामा रितिकलाई पक्का गरेको थियो तर हालसम्म पनि ठगको छायाँकन सुरु नभएपछि उनले पनि चलचित्र ठग छोडेको हुन सक्ने भारतीय मिडियाहरुले बताएका छन् । रितिकले पनि चलचित्र ठग नगर्ने भएपछि अहिले यशराज फिल्म्सले आमिर खानलाई प्रस्ताब अगाडी बढाएको छ । लगातार चलचित्र ठगबाट अन्य स्टारहरुले हात झिकिरहेको अबस्थामा आमिर खानले पनि चलचित्र खेल्न सक्ने सम्भावना निकै न्यून छ । तर यस विषयमा हालसम्म यशराज फिल्म्सले कुनै जानकारी दिएको छैन ।