अनिल कपुरका छोरा हर्षवर्धनको डेब्यु चलचित्र “मिर्जिया” रिलिजको तयारीमा छ । चलचित्रको प्रमोशनमा हिँडिरहेका उनले आफ्ना व्यक्तिगत जिन्दगीका केही कुरा सेयर गरेका छन् । उनले अफेयर र प्रेमको बारेमा बोल्दै भने -‘थाहा छैन सम्बन्ध कहिलेसम्म टिक्छ । यसको केही भरै हुँदैन ।’ त्यस्तै उनले आफ्नो ट्याटुको बारेमा पनि कुराकानी गरे । उनको ट्याटुका बारेमा प्रश्न गर्दा उनी भन्छन्, ‘मैले आफ्नो बडीमा दिदीहरुको ट्याटु बनाएको छु । गर्लफ्रेन्डको ट्याटु बनाएर केही फाइदा छैन् । तर परिवार भनेको जीवनभर काम लाग्छ। हामीले जतिसक्यो परिवारसँग सम्बन्ध राम्रो बनाउनु पर्छ ।’ हरेक काम र कदममा परिवारको साथ पाइरहेका उनी भन्छन् ‘परिवारको साथ छ, तर प्रेमीका भने छैनन् । अहिले मेरो अफेयर छैन । अफेयरको लागि दुवै जनाको सहमति हुनुपर्छ । कसैलाई दबाब दिएर सम्बन्ध राम्रो हुँदैन ।’ केही समय अघि मात्रै मिडियामा उनले ब्रिटिश मोडल सपना पाबीसँग डेट गरेको कुरा सार्वजनिक भएको थियो ।