अहिले गीतमा कुनै न कुनै टुक्का समावेश गरिएको खण्डमा राम्रै चर्चा पाउने गरेका छन् । ‘सुर्के थैली खै होस् या पूर्व पश्चिम रेल नै किन नहोस् । यी गीतले दर्शकको माया पाउनुको कारण पनि यही नै हो ।
गायक सुमन श्रेष्ठले पनि ‘धागो चर्खाको’ भन्दै नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा गायकको जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएको छ ।
केदार धितालले निर्देशन गरेको भिडियोमा मोडल किरण लाकौल, पूजना प्रधान, श्रेया कार्की, रचना लामा, करिश्मा, अमृत शाही ठकुरी, नीशा लगायतको मोडलिङ छ ।
सुमन श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाज रहेको यो गीतमा वेद प्रसादको शब्द, सुर्य किरण लामाको संगीत छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी अर्काको राम्रो हुने भन्दै तयार पारिएको गीत र भिडियोलाई उपस्थित अतिथी, पत्रकार सबैले रुचाएका थिए ।
संगीतकार तथा गीतकार दीपक जंगमले भिडियो प्रिमियर गरेका थिए । उनले सुमनको लगनशिलता र परिश्रमको प्रतिफल गीत र भिडियो उत्कृष्ट बनेको बताए । यस्तै, कार्यक्रममा बोल्दै गायक सुमन श्रेष्ठले इन्जिनियरिङ पेशामा लागेपनि आफ्ना लागि गीतसंगीत प्यासन भएको बताए । सुमनको यो चौथो एल्बम हो ।