तपाईहरुले नायक राजेश हमालको प्रमुख भुमिका रहेको चलचित्र ‘दुलही’ हेर्नुभएको छ भने नायिका सुमिना घिमिरेलाई पनि खुबै याद गर्नुभएको होला । ‘दुलही’ मा एक सोझी यूवतीको भुमिका निर्वाह गरेकी सुमिना अहिले एक छोरीकी आमा समेत भइसकेकी छिन् । २ बर्ष अगाडी पाइलट रोशन सापकोटासँग विवाह गरेकी सुमिनाले गएको बर्षमात्र मात्र छोरीलाई जन्मदिएकी हुन् । चलचित्र ‘दुलही’ बाट ४ ओटा अवार्डसमेत हात पारिसकेकी सुमिनाका त्यसपछि भने कुनै पनि चलचित्रले सफलता हासिल गरिनन् ।
एकपछि अर्को गर्दै प्रत्येक चलचित्रहरु असफल हुँदै गएपछि उनले केही चलचित्रमा बोल्ड दृश्य पनि दिइन्। तर उनको बोल्ड दृश्य हेर्न दर्शकहरु हलसम्म गएनन् ।
पछिल्लो पटक उनलाई आश थियो चलचित्र ‘रंग बैजनी’ चल्छ भन्नेमा तर उक्त चलचित्रले पनि उनलाई धोका दियो । लगातार चलचित्र असफल हुँदै गर्दा उनले यो सोचिन् कि अब चलचित्रक्षेत्रमा आफ्नो भविष्य छैन र उनले पाइलट रोशन सापकोटासँग विवाह गरिन् । रोशन हाल तारा एयरको विमान चालक हुन् । एक म्यूजिक भिडियोको दौडानमा सुमिना र रोशनको भेट भएको थियो र त्यसबेला देखी उनीहरु प्रेममा परेका थिए । प्रेम सम्बन्धलाई उनीहरुले २ बर्ष अगाडी मात्र विवाहमा परिणत गरेका हुन् । अहिले सुमिना एक छोरीको आमा भएर गृहस्थी जीवन विताइरहेकी छिन् । विवाह गर्नु अघि नै चलचित्रक्षेत्रबाट टाढा रहने घोषणा गरेकी सुमिना आमा भएपछि भने केही मोटाएकी छिन् । उनले खेलेकी पहिलो चलचित्र ‘छविलाल कन्जुस छैन’ हो । तर सुमिनाको पहिलो रिलिज चलचित्र भने ‘दुलही’ हो । (तस्बिरहरु सुमिनाका श्रीमान रोशन सापकोटाको फेसबुकबाट)