केही महिना अगाडीसम्म नायक सौगात मल्ल मोडल सोनी केसीसँगको अफयेरमा रहेको हल्ला खुबै चलेको थियो । प्राय जसो भेटघाट भइरहने, सोनीले आफ्नो फेसबुकमा सौगातका लागि स्टाटस लेखिरहने, आफ्नो जन्मदिनको केकमा समेत सौगात र आफ्नो फोटो राख्ने लगायतका घटनाहरुले सौगात र सोनी प्रेम सम्बन्धमा रहेको स्पष्ट पार्थ्यो । यो विषयमा सौगातले मुख नखोलेका होइनन्, उनले सोनी आफ्नो फ्यान रहेको भन्दै अफयेरको कुरालाई घुमाउन खोज्थे तर सोनीको फेसबुक अपडेटले उनीहरु अफयेरमा रहेको कुरालाई झन स्पष्ट पार्दै आइरहेको थियो । यही बीच केही दिन अगाडी देखी गाइँगुइँ हल्ला चल्यो कि सौगात मल्ल अभिनेत्री सृष्टि श्रेष्ठसँगको अफयेरमा छन् । त्यसपछि सोनीले आफ्नो फेसबुकमा सम्बन्धमा दरार आएका जस्ता स्टाटसहरु पोस्ट गर्न थालिन् । उनलाई सायद थाहा भइसकेको थियो कि सौगात अभिनेत्री सृष्टिसँग नजिक हुँदैछन् र आफुसँग टाढाको सम्बन्ध बनाइरहेका छन् । यो कुराको पृष्टि अझ आइतबार भयो जब सौगात र सृष्टि एकसाथ फिल्म हेर्न हल पसे ।
आइतबार सौगात मल्ल र सृष्टि श्रेष्ठ एकसाथ काठमाडौंको कुमारी हलमा फिल्म हेर्न गएको तस्बिरसहित समाचारहरु प्रकाशन हुन थालेपछि अहिले यो खबरले राम्रै हंगामा मच्चाइरहेको छ । यो खबरले अहिले सोनीलाई पनि बेचैनी बनाएको छ । सौगात मल्ल सृष्टि श्रेष्ठसँग नजिक हुन थालेपछि सोनीले आफ्नो फेसबुकमा एक दमदार स्टाटस कोरेकी छिन् । उनको स्टाटस हेरेपछि यो कुराको सजिलै पुष्टि हुन्छ कि सौगात र सोनीबिच ब्रेकअप भइसक्यो ।
उनले आफ्नो आधिकारीक फेसबुकमा लेखेकी छिन्, ‘तिमी अरूसँगै सम्बन्धमा बाँधिएको थाहा पाएँ, तिम्रो पखाईको त अन्त्य भयो तर तिमी प्रतिको माया भने अलिकती पनि कम भएन ।’ उनको यो स्टाटसपछि के कुराको पृष्टि हुन्छ भने सौगात र सोनीबीच अब कुनै पनि सम्बन्ध बाँकी छैन । अब यो हेर्न बाँकी छ कि सौगात र सृष्टिको सम्बन्धले चाहिँ कस्तो रुप लिने हो ?