बलीउडमा सोनाक्षी सिन्हालाई भलाद्मी अभिनेत्रीको रुपमा चिन्ने गर्छन । अहिलेसम्म न उनका कुनै हट तस्बिरहरु बाहिर आएका छन् न कुनै अश्लिल अभिव्यक्तिहरु नै । उनी कपडा लगाउँदा पनि निकै सजक भएर लगाउनु गर्छिन । हाल सोनाक्षी सेशेल्समा छुट्टी मनाइरहेकी छिन् । उनले इन्स्टामा एक तस्बिर शेयर गरेकी छिन्, जसमा उनी शानदार तरिकाले स्नान गरिरहेकी छिन् । उनले यसरी पहिलो पटक सामाजिक सञ्जालमा नुहाइरहेको तस्बिर सार्वजनिक गरेकी हुन्, जसमा उनी निकै हट एण्ड बोल्ड देखिएकी छिन् । सोनाक्षीले अभिनय गरेको नयाँ चलचित्र अकीरा केही हप्ता अगाडी मात्र प्रदर्शनमा आएको थियो । अकीरा एक एक्शन फिल्म थियो । योसँगै उनले आफ्नो ईमेजलाई पनि बदल्ने प्रयास गरिरहेकी छिन् । यसपछि उनी फोर्स २ मा देखिँदैछिन्, यो पनि एक्शन फिल्म हो ।