बलीउड एक्टर सलमान खान मनालीमा कबीर खानको फिल्म ‘ट्यूबलाइट’ को छायाँकनमा व्यस्त छन् । यस दौरान उनी मनालीको सडकमा बुलेट बाइकमा देखिएका छन् । सलमानले बुलेट बाइक हाकेको फोटोहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । बाइक चलाउन निकै सौखिन सलमान खानसँग महँगा बाइकहरु पनि छन् । भारतको सडकमा सलमान खानले बाइक चलाउन नसक्ने भएपनि उनी राम्रा बाइकहरु भने किनिरहेका हुन्छन् । फिल्म ट्यूबलाइटमा सलमानकी को-स्टार एक चीनी अभिनेत्री छिन्, जसको नाम हो झू झू। झू झू ३२ बर्षकी चीनी अभिनेत्री हुन् । झू झूले सलमानसँग आफ्नो एक तस्बिर इन्स्टा अकाउन्टमा शेयर गरेकी छिन् ।