भोली शुक्रबारबाट चौथो हप्तामा प्रदर्शन हुन लागेको चलचित्र ‘छक्का पन्जा’ ले अहिले राम्रो विजनेश गरिरहेको छ । चौथो हप्तामा प्रदर्शन हुन लागिरहेको ‘छक्का पन्जा’ ले करिब ८ करोडको विजनेश गरिसकेकाले दीपाश्रीको पनि खुसीको अहिले सिमा छैन । पहिलो पटक चलचित्र निर्देशनमा हात हाल्दै ‘छक्का पन्जा’ निर्देशन गरेकी दीपाश्रीलाई अहिले चौतर्फी रुपमा तारिफको ओहिरो लागिरहेको छ । चलचित्र ‘छक्का पन्जा’ प्रदर्शन भइरहेका कारण अहिले उनको दैनिकी निकै व्यस्त छ । चलचित्र प्रदर्शनमा आइरहेका हलहरुमा दर्शकहरुलाई धन्यवाद दिन देखी आफ्नो घरायसी काममा पनि दीपाको अहिले व्यस्तता निकै बढेको छ । भाइको बिहे हुन लागेका कारण पनि उनी अहिले आफ्नी बुहारी र भाईका लागी बिहेको किनमेलमा नै व्यस्त देखिएकी छिन् । उनले हिजो मात्र बुहारीका लागि १० तोला सुन किनेको बताएकी छिन् । उनले भनिन्,’भाइको बिहे विराटनगरबाटै गर्दैछौ । तर, सपिङ काठमाण्डौमा चलिरहेको छ ।’ उनले भाईको बिहेका लागी लुगा, गरगहना किनेता पनि आफ्नो विवाहका लागि भने कहिले सपिङ्ग गर्ने हुन् त्यो भने रहस्यकै जालोमा छ । मंगलबार भैरहवा पुगेर काठमाडौं आएकी दीपाश्री फेरी दर्शकहरुलाई धन्यवाद दिनका लागि मोफसल यात्रामा निस्कने तयारीमा छिन् ।