भारतीय एक टेलिभिजनको टक शोको नयाँ एपिसोडमा करीना कपूरले एक प्रश्नको जबाफ यस अन्दाजमा दिएकी थिइन कि जुन सुनेर तपाई चकित बन्नु हुन्छ । करीब १० महीना देखी एकअर्कासँग अलग भएका रणबीर कपूर र कटरीना कैफको ब्रेकअपको खबरहरु अहिले पनि सञ्चारमाध्यमहरुमा खुबै आइरहेका छन् । शोको नयाँ गेस्ट करीना कपूर खानसँग होस्टले यो प्रश्न सोधे कि ‘यदी तपाई कटरीना कैफ र रणबीर कपूरसँग एकसाथ लिफ्टमा केही मिनेट बन्द हुनुभयो भने के गर्नुहुन्छ ?’ यो प्रश्नको उत्तर दिँदै करीना कपूरले भनिन्, यदी त्यस्तो भयो भने म त सुसाइड गर्छु होला । खैर, उनी जब यस्तो प्रश्नहरु आफुसँग आउँछन् तब उनी मजाक गर्दै ति कुराहरुलाई उडाइदिन्छिन् । एक समय यस्तो थियो कि जब कटरीना रणबीरसँग रिलेशनशिपमा थिइन तब करीना कटरीनासँग खूब देखिन्थिन । तर कैट रणबीरको ब्रेकअपपछि करीना र कटरीनाको पनि सम्बन्ध खासै राम्रो छैन ।