करण जौहरले निर्माण र निर्देशन गरेको बलीउड चलचित्र ‘ऐ दिल है मुश्किल’ यही तिहारमा रिलिज हुँदैछ । फिल्ममा ऐश्वर्या राय र रणबीर कपूरको रोमान्टिक केमिस्ट्रीको अहिले चर्चा खुबै भइरहेको छ । फिल्मको ट्रेलर र गीतमा यि दुईको हट सीनबाट नजर हटाउन वास्तबमै निकै मुश्किल छ । बी टाउनको यस नयाँ रोमान्टिक कपलले पहिलो पटक कुन फिल्ममा एकसाथ काम गरेका थिए ? यो कुरा थाहा पाउन दर्शकहरुलाई कुनै ट्रीट भन्दा कम छैन । के यो कुरा तपाई जान्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भन्ने थाहा पाउनुहोस् रणबीर र ऐश्वर्या १८ बर्ष पहिला एकसाथ देखिएका थिए । अहिले सोशल मीडियामा ऐश्वर्या र रणबीरको १८ बर्षअघिको एक तस्वीर खूब भाइरल बनिरहेको छ । यो तस्वीर ऐश्वर्याको १९९९ मा रिलिज भएको फिल्म ‘आ अब लौट चले’ को दौरानको हो ।
‘आ अब लौट चले’ को सेटमा लिइएको तस्वीर फिल्मका राइटर रूमी जाफरीले ट्विटरमा शेयर गरेका छन् । रूमी जाफरीले यूएसमा क्लिक गरेको यो तस्वीरको बारेमा लेखेका छन् कि ‘आजपनि तिमीहरु दुई एकसाथ शानदार देखिएका छौ ।’ अफस्क्रीनको १८ बर्षपछि फिल्म ऐ दिल है मुश्किलमा यो जोडी अनस्क्रीन देखिएका छन् ।