आजबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘सत्यदीप’ र ‘सफर’ ले आजबाट देशव्यापी प्रदर्शन आरम्भ गरेका हुन् । अमेरिकामा खिचिएको चलचित्र ‘सफर’ लाई आशिष श्रेष्ठले निर्देशन गरेका हुन् । यो चलचित्रले ३ जना यूवा र उनीहरुले एक हप्ता जीएको जिवनको कथालाई उठान गरेको छ । चलचित्रमा मनन सापकोटा, संजय गुप्ता, शिविर पोख्रेल र नुरजा श्रेष्ठको अभिनय रहेको छ । त्यस्तै यो चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको अर्को चलचित्र ‘सत्यदीप’ मा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, जिवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले भ्रष्टहरुलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पार्ने कथा उठाएको छ । चलचित्र बिनय राम श्रेष्ठले निर्माण गरेका हुन् भने पुष्कार घिमिरेले निर्देशन गरेका हुन् ।
आजबाट प्रदर्शनमा आएका यि दुई चलचित्रका लागी भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ तगारो बनेको छ । आजबाट चौथो हप्तामा प्रदर्शन आरम्भ गरेको चलचित्र ‘छक्का पन्जा’ ले अहिले पनि सिनेमा घरहरुमा राम्रै दर्शकहरु हुलिरहेको छ । सिनेमा घरबाट ‘छक्का पन्जा’ नउत्रिनु, दर्शकको चाप नघट्नुले पनि ‘सफर’ र ‘सत्यदीप’ ले कम हल पाएको बताइएको छ । वितरकका अनुसार चलचित्र ‘छक्का पन्जा’ अहिले पनि ३० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा आएको तीन हप्तासम्ममा चलचित्र ‘छक्का पन्जा’ ले ३ नेपाली चलचित्रलाई फ्ल्प बनाइसकेको छ । अब हेर्न यो बाँकी छ कि यो चलचित्रले सफर र सत्यदीपलाई कस्तो टक्कर दिन सक्छ ? यि दुई नेपाली चलचित्रसँग बलीउडको प्रतिक्षित चलचित्र ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ पनि नेपाली हलहरुमा प्रदर्शनमा आएको छ ।