हलीउड अभिनेता टम हिडलस्टनसँग गएको हप्ता सम्बन्ध टुटेपछि गायिका टेलर स्विफ्ट अभिनेता जैक एफ्रानसँग अफयेरमा रहेको खबर बाहिर आएको छ । सुत्रका अनुसार, टमसँग टाढिएपछि स्विफ्ट जैकको बारेमा लगातार कुरा गरिरहेकी छिन् । सुत्रले बताएको छ कि टेलर र जैक सधै एक अर्कासँग हाँसी मजाक र फ्लर्ट गर्छन । स्विफ्ट जैकसँग घुम्न र डिनरमा जानका लागी आग्रह गर्छिन । यसअघि यस्तो कहिले पनि भएको थिएन किनकी यि दुई आफ्नो काममा व्यस्त रहन्थे । यसभन्दा पहिला फिल्म ‘द लारेक्स’ मा एकसाथ काम गरेको बेला उनीसँगले एकसाथ डिनर गरेको हल्ला खुबै चलेको थियो । एक टीभी शोमा टेलरले भनेकी थिइन कि हामी निकै मिल्ने साथी हौं, तर हामी रिलेशनसिपमा छैनौं ।