रेखा थापा र छोटो कपडा एकअर्काका पर्यावाची नै हुन् । रेखा थापा आज जुन सिढीमा छिन् त्यहाँ आइपुग्नका लागि उनले छोटो कपडालाई हतियार बनाएको हुन भन्नेहरु धेरै छन् । चलचित्रमा प्रवेश गरेदेखी उनीले चलचित्र हेर्न दर्शकहरुलाई हलसम्म तान्न छोटो कपडालाई मुख्य हतियार बनाइन् । जब उनले चलचित्रमा छोटो कपडा लगाउन थालिन् तबदेखी उनलाई भन्दा पनि दर्शकहरु उनको हट लुक्सलाई हेर्न आतुर हुन थाले । नेपाली चलचित्रमा हट लुक्स दिन रेखा थापाले नै सुरु गरेकी हुन् भन्दा गलत नहोला किनकी रेखाको इन्ट्री भन्दा अगाडी दर्शकहरुले चलचित्रमा हदैसम्मको उत्ताउलो पन देखेका थिएनन् । हालै एक अन्तर्वार्ताको क्रममा नायिका रेखा थापाले आफुले जे गरेपनि चर्चा हुने गरेको बताएकी छिन् । रेखा थापाको नयाँ चलचित्रसँगै चर्चाको नयाँ विषय पनि आउँछ। उनले चलचित्र चलाउनका लागि गरिएका भनिएका केही चर्चीत रहस्यहरू आज प्रकाशित शुक्रबारमा खोलेकी छन्।
उनले भनिन्, ‘रेखालाई धेरैले पर्दामा देखे। थोरैले नजिकबाट नियाले। जतिले पर्दामा देखे, उनीहरूलाई छोटो पहिरन लगाउने उत्ताउली केटी लाग्यो। पर्दाकी पात्र चरित्र रेखा थापामा मिसाइयो। हिरोइन रेखा र बाहिरी रेखाबीच फरक छुट्टाउने काम गरिएन जतिबेला नारीलाई रोनाधोनामै सिमित राखेर निरूता सिंह दिदीहरूलाई प्रस्तुत गरिन्थ्यो, त्यतीबेला कलेज पढ्ने युवतीको भूमिकामा म प्रस्तुत भएकी हुँ र छोटो कपडा लगाउने केटीको चरित्र निर्वाह गरेकी हुँ। त्यसमा पहिरन सुहाउने उमेर पनि सदुपयोग गरेकी हुँ। त्यसको चर्चा भयो। पात्र अनुसार छोटा कपडा लाउथेँ, लाउँछु र लाइरहन्छु।’
यसो भनिरहँदा के रेखा थापाले निरुताले अभिनयको बलमा नेपाली चलचित्रमा राज गरिरहेको बेला छोटो कपडा लगार अंग प्रदर्शन गरि चलचित्रमा जम्न सफल भएकी हुन् त ? के अब आउने नयाँ पिढीले अभिनय क्षमता भन्दा छोटा कपडामा नै ध्यान दिउँन भन्ने उनको आशय हो त ? यदी त्यसो हो भने नेपाली चलचित्रमा आफुलाई अभिनयको माध्यमबाट स्थापित गर्छु भन्ने कलाकारहरुको सपना बेकार सावित हुने हो त ? पक्कैपनि होइन, जमाना अहिले बदलिसकेको छ । निरुतालाई विस्तापित गर्ने जमाना र रेखालाई विस्तापित गराउन सक्ने नयाँ पुस्ताका नायिकाहरुको अहिलेको अबस्थामा जमिन आसमानको फरक आइसकेको छ । अहिले जति पनि स्थापित नायिकाहरु छन् ति सबै अभिनयकै बलमा नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय बन्दैछन् । केकी अधिकारी, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह, नम्रता श्रेष्ठ, शिल्पा पोख्रेल, पुजा शर्मा यि नायिकाहरुले खेलेका चलचित्रहरुमा कतै पनि छोटा कपडा र अंग प्रदर्शनलाई बढवा दिएको देखिदैन । त्यही पनि दर्शकहरुले उनीहरुलाई अभिनय क्षमताका कारण रुचाउँदै आइरहेका छन् ।