कार्तिक १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘राधा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक जीवन लुईँटेल र नायिका सञ्चिता लुइँटेलको मुख्य भुमिका रहेको चलचित्र ‘राधा’ को आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, रोमान्स, द्धन्द्ध, विछोड लगायतका पक्षलाई आर्कषक तबरले प्रस्तुत गरिएको छ । चलचित्र ‘राधा’मा सञ्चिता शिर्ष भूमिकामा देखिदा जीवन भने ‘राम’को भूमिकामा छन् । कार्यक्रममा बोल्दै निर्देशक योगेश घिमिरेले चलचित्र पूर्ण रुपमा व्यवसायिक कथामा तयार भएको बताए ।
त्यस्तै तिहारमा बलीउडका २ ठूला फिल्म प्रदर्शनमा आएपनि ‘राधा’ ले ७० बढी हल पाएको पनि उनले जानकारी दिए । कार्यक्रममा नायिका सञ्चिता लुइँटेल र नायक जीवन लुइँटेलले चलचित्र राधाको कथावस्तु उत्कृष्ट लागेका कारण काम गरेको बताए । यो चलचित्रमा हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको कोरियोग्राफी, डा.कृष्णहरी बराल, एकनारायण भण्डारी र बसन्त सापकोटाको शब्द, बसन्त सापकोटाको संगीत, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायाँकन, प्रदीप भाद्वाजको कथा रहेको छ । चलचित्रमा विष्णुमनी दाहाल र शुशिला कार्कीको संयूक्त लगानी रहेको छ ।