नेपाली प्रशिद्ध फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेका लुगा नामचलेका अमेरिकी मोडल, सिनेमाका कलाकारले लगाउँदै आएका छन् । अमेरिकाकी प्रथम महिला मिसेल ओबामाले पनि प्रवलले डिजाइन गरेका पहिरनहरु लगाइसकेकी छिन् ।
अहिले प्रवल गुरुङलाई पनि अमेरिकी राष्ट्रपति चुनावले खुबै छोएको छ । हिलारी क्लिन्टनलाई राष्ट्रपति बनाउने अभियानमा लागेका प्रवलले डिजाइन गरेका टिसर्ट यतिबेला अमेरिकामा व्यापक रुपमा विक्रि भइरहेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । हिलारीलाई आर्थिक सहयोग जुटाउन उनले डिजाइन गरेको मेड फर हिस्ट्री उल्लेखित रातो टिसर्ट सोल्ड आउट भएको छ । प्रवलले डिजाइन गरेको यो टिसर्टको मूल्य ४५ अमेरिकी डलर रहेको छ । क्लिन्टन र गुरुङको मित्रता २०१४ देखि सुरु भएको हो ।
सिंगापुरमा जन्मिएर काठमाडौमा हुर्किएका प्रवलले भारतमा नेशनल इस्टिच्ट अफ फेसन डिजाइन पढेर सन् १९९९ देखि अमेरिकामा फेसन डिजाइनर भएर बस्दै आएका थिए । उनले डिजाइन गरेको पहिरनहरु हलीउडका लेडि गागा, जेनिफर लरेन्स, इमाल वाट्सन्, केट हटसन्, स्कार्ले जोनसन्, डेनिमुर, सारा जेसिकालगायतका चर्चित कलाकारहरुले लगाउँदै आएका छन् । बलिउड अभिनेत्री दिपीका पादुकोण र कैट्ररिना कैफले पनि प्रवलका डिजाइन लगाइसकेका छन् । सन् २०१० देखि प्रवलले अमेरिकामा आफ्नै नाममा फेसन डिजाइन कम्पनी खोलेर सामाग्रीहरु उत्पादन गर्दै आएका छन् ।