भारत र पाकिस्तानबिच तनाव बढ्दै गएपछि भारत छोड्न पाकिस्तानी कलाकारहरुलाई दबाब दिइएको थियो । भारतमा फिल्म ‘ऐ दिल हे मुस्किल’ को प्रचारका लागि आएका फवाद खान एकाएक पाकिस्तान सुटुक्क गए ।
एमएनएसले बारम्बार धम्की दिएपछि उनी पाकिस्तान फर्किएका थिए । उनलाई भारतमा कुट्ने देखि लिएर मार्ने धम्की समेत आएको थियो । २४ घण्टाभित्र पाकिस्तान छोड्न पाकिस्तानी कलाकारलाई अल्टिमेटम एमएनएसका कार्यकर्ताले दिएका थिए ।
तर, पाकिस्तान पुग्ने बित्तिकै फवादले मुख खोलेका छन् । उनले पाकिस्तान गएपछि भारतबारे बयान दिएका छन् । उनले भारतीयहरुको सानो मुटु रहेको बताएका छन् । भारत ठुलो देश भएपनि मनभने सानो भएको उनले बताए ।
उनको बयान पश्चात एमएनएसका कार्यकताले झन् रोस प्रकट गरेका छन् । एमएनएसका कार्यकर्ताले फवादलाई भारतमा प्रतिबन्ध लगाउने समेत निर्णय गरेको बताएका छन् ।
पाकिस्तानी कलाकारहरुलाई आरोप लगाउँदै एमएनएसले कार्यकर्ताले भनेका छन्,‘पाकिस्तानी कलाकारले आफ्नो औकात देखाएका छन् । उनीहरु भारतमा छदाँ एउटा कुरा गर्छन् , आफ्नो देशमा अर्को ।’
पाकिस्तानी मिडियासँग कुरा गर्दै फवाद बलिउड कसैको बाउको जागिर समेत नभएको बताएका थिए ।