बलिउड अभिनेत्रीहरू कसले राम्रो काम गरिरहेका छन् भन्ने मापन गर्ने एउटा आधार हो– उनीहरूले पाउने विज्ञापन । झन् कुनै एउटा ब्रान्डले अभिनेत्रीलाई रिप्लेस गर्ने भयो भने त्यसको चर्चा बलिउडमा अलिक धेरै नै हुन्छ । त्यसैले, अहिले चर्चामा छन्, अभिनेत्रीद्वय ऐश्वर्या राय बच्चन र प्रियंका चोपडा । किनकि, ऐश्वर्याले गरिरहेको विज्ञापन अब प्रियंकाले गर्ने भएकी छिन् । अन्तर्राष्ट्रिय ‘हेयर केयर’ ब्रान्डले यस्तो निर्णय गरेको हो । यस्तो निर्णय आउनुको पछाडि एउटै कारणलाई आधार मानिएको छ– पछिल्लो समय हलिउडमा प्रियंकाले पाएको सफलता ।