बलीउडका सुपरस्टार सलमान खानलाई तपाईले चलचित्रको पर्दा भन्दा बाहिर खासै रोएको देख्नु भएको छैन होला । हालै सलमान आफ्नो प्रिय साथी गुमाउँदा निकै रोएका छन् । राजश्री प्रोडक्शन मिडियाका सिइओ रजत बरजात्यको असमायिक निधनका कारण सलमानको आँखामा आँसु देखिएको थियो ।
साथी रजत बरजात्यको प्राथना समारोहमा सलमानको आँखामा आसु देखिएको हो । उनले प्राथना कार्यक्रममा सहभागी भएपछि ट्वीटरमा एक पोष्ट शेयर गरेका थिए । उनले रजत बरजात्यको आत्माले शान्ति पाओस् भन्दै कामना गरेका छन् । गएको बर्ष राजश्री प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘प्रेम रतन धन पायो’ ले ब्लकमास्टर व्यापार गरेको थियो । सलमानको राजश्री प्रोडक्शनसँग पुरानो सम्बन्ध छ ।