फ्लप होस् वा हिट, नेपाली कलाकार अमेरिका जान पाउनु सौभाग्य ठान्छन् । सांस्कृतिक कार्यक्रमको बहानामा अमेरिका पुगे पनि धेरैजस्तो उतै लुक्छन् । आखिर अमेरिकामा उनीहरु गर्छन् चाहिँ के ? यसको सजिलो उत्तर हो, अरु नेपालीले जे गर्छन्, उनीहरु पनि त्यही गर्छन् ।
नेपालमा रहेको उनीहरुको स्टारडम अमेरिकामा बिक्दैन । त्यसैले अरुसरह श्रम गरेर जिविकोपार्जन गर्नुको विकल्प रहँदैन । खोजीनीति गर्दा केही कलाकारले आफैं व्यवसाय स्थापना गरेको, केहीले अन्यत्र काम गरिरहेको र कोही कामको खोजीमा रहेको पाइएको छ ।
त्यस्तै आजभन्दा ५ वर्षअघि अमेरिका हानिएकी नायिका रञ्जना शर्मा अहिले अमेरिकामा ब्युटीपार्लर चलाएर बसेकी छिन् । केही समयअघि उनले सुरु गरेको पार्लरले अहिले भने पिकअप लिन थालेको छ । ५ बर्ष अघि निर्देशक श्रीमान श्याम भट्टराईसँगको बैबाहिक सम्बन्ध तोडेर रञ्जना अमेरिका हान्निएकी थिइन् । अहिले उनका श्रीमान श्याम पनि अमेरिकामा नै छन् । स्रोतका अनुसार, दुवै अमेरिकामा नै रहेपनि रञ्जना र श्यामको भेट भने अहिलेसम्म भएको छैन ।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने रञ्जनाले केही बर्षदेखी आफ्नो शरीरलाई खासै मेन्टेन गर्न पाएकी छैनन्, जुन हामीले प्रकाशन गरेको तस्बिरहरुबाट पनि थाहा पाउन सकिन्छ । तस्बिरमा रञ्जना पहिलाको तुलनामा निकै मोटाएकी छिन् । चाँडै नेपाल आउने तयारीमा समेत रहेकी रञ्जना गएको भदौ महिनाबाट २९ बर्षमा लागेकी छिन् ।
टेलिचलचित्र ‘गहना’ वाट अभिनय सुरु गरेकी रञ्जनाले ‘मौसम’, ‘मर्यादा’, ‘कन्यादान’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् भने केही म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिसकेकी छिन् । श्याम भट्टराईसँगको बैबाहिक सम्बन्ध तोडेपछि रञ्जना अहिले सिंगल छिन् ।