बलिउड अभिनेता अजय देवगनले आफ्नो चलचित्र ‘शिवाय’ मा कुनै पनि पाकिस्तानी कलकारको अभिनय नरहेको बताएका छन् । देवगनका प्रवक्ताले एक प्रेस नोट जारी गर्दै अजयको आगामि चलचित्र शिवायमा कुनै पाकिस्तानी कलाकार नरहेको जनाएका हुन् । शिवायमा पाकिस्तानी अभिनेत्री सबा कमरले अभिनय गरेको अनुमान गरिएको थियो । उरी हमलापछि भारत र पाकिस्तानबीच तनाव त छ नै भारतमा काम गर्दै आएका पाकिस्तानी कलाकारले समेत समस्या भोगेका छन् । राज ठाकरेको संगठन एमएनएसले पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न धम्की दिएको छ । साथै चलचित्र ‘ए दिल हे मुश्किल’ र ‘रईस’ चलचित्रको विरोध हुने सम्भावना बढेको देखिन्छ । चलचित्रमा पाकिस्तानी कलाकार फवाद खान र माहिरा खानले अभिनय गरेका छन् ।