टीभीकी नागिन उर्फ मौनी राय आजकल ‘नागिन सीजन २’ को शूटिंग गर्दैछिन् । मौनीको गएको बर्ष शो नागिनको टीआरपी निकै हाई थियो र अहिले मान्छेहरु यसको पार्ट २ हेर्न निकै आतुर छन् ।
मौनी जुन पहिरन लगाए पनि उनी निकै सुन्दर देखिन्छिन् तर नागिन सीजन २ को लागि उनले खास तयारी गरेकी छिन् । खबरका अनुसार, मौलीले हालैमा आफ्नो लिप सर्जरी गराएकी छिन्, जसले गर्दा अझ आफु थप आर्कषक बन्न सकुँ ।
यस बारेमा जब एक रिपोर्टरले उनलाई प्रश्न गरे तब मौनी निकै रिसाइन् । उनले भनिन्, ‘तपाई मेरो इन्स्टाग्राम फोटो देख्न सक्नुहुन्छ, तपाईलाई आफ्नो प्रश्नको उत्तर सबै मिल्नेछ ।’ उनले पछि पत्रकारलाई धम्की पनि दिइन् र भनिन्, ‘यदी तपाई यस्तो प्रश्नहरु सोध्नु हुन्छ भने म आगामी दिनमा तपाईलाई अन्तर्वार्ता नै दिन्न ।’