गएको बर्ष प्रदर्शनमा आएको सुरपहिट चलचित्र ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के. खनाल र कलाकार एवं लेखक खगेन्द्र लामिछानेवीच फेरी टिमअप भएको छ । यि दुईले एकसाथ चलचित्र ‘धनपति’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । २०७४ सालमा प्रदर्शनमा ल्याउने गरी चलचित्र ‘धनपति’ को छायाँकन यही बर्षको माघ महिनाबाट सुरु गर्ने निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । चलचित्रमा कथा, पटकथा तथा संवाद खगेन्द्र कै रहनेछ ।
टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्शनको तर्फबाट यो चलचित्र निर्माण हुन लागेको हो । सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ? भन्ने कथामा यो चलचित्र बन्ने निर्माणपक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चलचित्रमा निर्माताको रुपमा रोजिना सिटौला, सह-निर्माताको रुपमा रजना नापित र समिर देवकोटा रहनेछन् । हाईलाइट्स नेपालका अध्यक्ष ओम गुरुङ यसका सहायक निर्माता हुन् ।