भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको जिवनीमा आधारित बलीउड चलचित्र ‘एम.एस.धोनी : द अनटोल्ड स्टोरी’ ले सय करोडको क्लबमा उपस्थिति जनाएको छ । चलचित्रले रिलीजको छैटौँ दिनमा बक्स अफिसमा चहलका मच्चाएको छ । चलचित्रले विश्वभरबाट १ सय १३.६४ करोड भारतीय रुपैया कमाएको छ ।
चलचित्र गएको शुक्रवार रिलीज भएको हो । चलचित्रले रिलिजकै पहिलो दिन भारतमा २१.३० करोड रुपैया कमाएको थियो । दोस्रो दिन करीब २०.६० करोड र आइतबार २४.१० करोड रुपैया कमाएको थियो ।