नेपाली गीतहरुमा बलीउडका झण्डै दर्जनबढी गायक-गायिकाहरुले आफ्नो आवाज दिइसकेका छन् । भारतका चर्चित गायक-गायिकाहरुले नेपाली आधुनिक गीतसँगै चलचित्रमा दिएको आवाजलाई अझै पनि दर्शकहरुले गुनगुनाउने गर्छन । तर जुन चर्चित केही नेपाली गीतहरु तपाईहरुले बारम्बार सुन्न र मनपराउनु हुन्छ त्यो गीत भारतीय गायक गायिकाहरुले गाएका हुन् भन्दा अचम्मित पनि पर्नु होला । तर बलिउड कलाकारले नेपाली भाषामा गाएका गीतहरु धेरै छन् ।
गुलाम अली
भारतीय गायक गुलाम अलीले चर्चित नेपाली आधुनिक गीतमा आवाज दिएका छन् । उनले चर्चित नेपाली गजल गीतहरुमा आवाज दिएका छन् । ‘गाजलू ती ठूला ठूला आँखा’, ‘के छ र दिऊँ तिमीलाई कोसेली भनेर’ र ‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ’ उनले गाएका चर्चित नेपाली गजल गीत हुन् ।
जगजीत सिंह
भारतका गजल सम्राट जगजीत सिंहले भारतमामा कयौ कालझै गीतहरु गाएका छन् । आज उनी यो संसारमा छैनन् तर उनले गाएका भारतीय गीतहरु अहिले पनि उतिक्कै चर्चित छन् । उनले पनि ‘कुन माया सदर भो’, ‘कस्तो माया देखेँ आज’, ‘टप्प टिपूँ जस्तो’, ‘भनि दिउँकी जस्तो लाग्छ’ लगायतका चर्चित नेपाली गीतहरु पनि गाएका छन् ।
आशा भोसले
भारतीय गायिका आशा भोसले सबैभन्दा बढी नेपाली गीत गाउने गायिका हुन् । उनले झण्डै दर्जनबढी नेपाली गीतमा आवाज दिएकी छिन् । एकसमय नेपाली चलचित्रका गीतहरुमा आशा भोसलेकै स्वर हुन्थ्यो । उनले ‘आगे आगे तोपैको गोला’, फिल्म ‘प्रेमपिण्ड’ को ‘गैरी खेतमा सिरै हार्यो’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’ लगायतका गीतहरुमा स्वर दिएकी छिन् ।
लता मङगेशकर
भारतकी गायिका लताले नेपाली फिल्म माइतीघरमा ‘जुन माटोमा मेरो’ बोलको गीत गाएकी छिन् । त्यसको लामो समय पछि उनले नेपाली गायक रामकृष्ण ढकालसँग ‘बाचुन्जेली’ बोलको गीत गाइन थिइन । जुन अहिले पनि निकै चर्चित छ ।
कुमार सानु
भारतीय गायक कुमार सानुले पनि चर्चित नेपाली गीतहरुमा आवाज दिएका छन् । उनले स्वर दिएका ‘के सन्देश बोकी’, ‘बादलको मेल’, ‘पूरानो हुँदैन’, ‘अब म त रिसाउँछु बोल्दै बोल्दिन’ र ‘फुल भए यो जिन्दगी देउतालाई चढाइदिन्थें’ गीतहरु अहिले पनि निकै चर्चित छन् ।
संजीवनी भेलेन्दे
संजीवनी भेलेन्दे नेपाली गीत गाउन र सुन्न मन पराउने भारतीय गायिका हुन् । उनले ‘के सन्देश बोकी ल्यायौ’ को फिमेल भर्जन, ‘मखमली पछ्यौरीले’, ‘तारिफ तिम्रो मायाको गरुँ म कसरी’, ‘जसलाई धेरै माया गर्थेँ उसैले वायो मलाई’ , ‘डाँडा पाखा छहराले’, ‘मिठो कुरा फोन मै गर’, ‘आज भोलि तिमीले हिड्ने बाटो फेरेऊ’, ‘माया पनि यस्तै रैछ टाढा हुँदा गाढा’ लगायतका गीतहरु गाएकी छिन् ।
यस्ता अरु पनि भारतीय गायक-गायिकाहरु छन्, जसले नेपाली चर्चित गीतहरुमा आफ्नो आवाज मिसाएका छन् । साधना सरगम, सोनु निगम, श्रेया घोषाल, कैलाश खेर, सुक्वीन्दर सिंह, बाबुल सुप्रियम, कविता कृष्णमुर्ती, राहुल बैद्य, सान, अभिजित, सुनिधी चौहान, नकाश अजिज लगायतले नेपाली गीत गाएका छन् ।