कात्तिक २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । षट्कोण आर्टसले निर्माण गरेको फिल्मको ट्रेलर युट्युबमार्फत् सार्वजनिक भएको हो। फिल्मलाई भट्टराई स्वयंमले निर्देशन गरेका हुन्। सिनेमेट्रोग्राफर दीर्घ गुरुङले खिचेको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत र प्रेक्षा बज्रचार्य लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ। रविन्द्रसिंह बानियाँको प्रस्तुती फिल्म ‘जात्रा’मा असनको गल्लीमा व्यापार गर्ने तीन व्यापारीको जीवनमा आधारित छ। प्रदीप भट्टराईको कथामा बनेको फिल्म काठमाडौंमा छायंकन गरिएको हो।