मेलबर्न- अलराउन्डर ग्लेन म्याक्सवेल श्रीलंकाविरुद्धको एक दिवसीय शृङ्खलाका लागि अस्ट्रेलया टोलीमा आफ्नो स्थान सुरक्षित गर्न असफल भएका छन्। अस्ट्रेलिया क्रिक्रेट बोर्डले शनिबार स्टेभिन स्मिथको कप्तानीमा घोषणा गरेको १५ सदस्यीय टोलीमा म्याक्सवेलको नाम समावेश गरिएको छैन।
बोर्डले म्याक्सवेल पछिल्लो समय आफ्नो स्वभाविक लयमा नरहेको भन्दै टोलीमा नराखेको बताएको छ। अस्ट्रेलियाले तीन टेस्ट शृङ्खलापछि श्रीलंकाविरुद्ध ५ एक दिवसीय म्याच खेल्दैछ।
घोषित टोलीमा स्मिथसहित डेभिड वार्नर, जर्ज बेली, नाथन कोर्टनाइल, जेम्स फल्कनर, नाथन लियोन, उस्मान ख्वाजा, म्याथ्यु वेड, मिचेल मार्स, शन मार्स, मिचेल स्ट्राक, अदम जम्पा, अरोन फिन्च, जोश हेजलउड, मोरिस हेर्नीक्युज छन्। उनलाई लिमेटेड ओभरका खेलमा आक्रमण ब्याट्म्यानका रुपमा चिनिन्छ। -नागरिकबाट