प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ । प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । तर, प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरा, उपेन्द्र यादवसहितका नेताहरु छन् ।
अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । -अनलाइन खबर