बलिउड नायिका सना खानले चलचित्रमा दिएको बोल्ड दृश्यलाई लिएर मानिसहरुले आलोचना गरिरहेका छन् । बलिउडकै मानिसहरुले नै आलोचना गरेपछि सनाले यसको खुलेरै खण्डन गरेकी छिन् । चलचित्र ‘वजह तुम हो’मा मुख्य भूमिका निर्वाहा गरेकी उनले भनिन्,‘मलाई निकै अचम्म लाग्छ, जब बलिउडकै मानिसहरु यो बिषयमा कुरा गर्छन् । यो एकदमै हाँस्यास्पद र दुख लाग्दो कुरा हो । आज हरेक चलचित्रमा चुम्बनको दृश्य हुन्छ । मैले वुझेको छैन कि अन्तरंग दृश्यमा यति धेरै हल्ला किन हुन्छ ?’
सनाले अगाडि थप्दै भनिन्, ‘भारतमा जसरी मानिसहरु ओपन भैरहेका छन्, यसले अन्तरंग दृश्यहरुलाई लामो समयसम्म रोक लगाउन सकिने छैन । मैले दिएको दृश्य कथाको माग हो । आज हामी पश्चिमेली संकृतीलाई अंगाली रहेका छौ । हामी हलिउड चलचित्र हेर्न रुचाउँछौ । जब हामी हरेक कुरामा खुल्ला छौ भने अन्तरंग दृश्यमा किन बबाल गर्दैछौ ।’