नेपाली चलचित्रहरु दर्जनौ हातमा थिए, दर्शकहरुले एकपछि अर्को गर्दै नायक विराज भट्टका चलचित्रहरु हेर्न चाहिरहेका थिए तर विराज एक्कासी भोजपुरी चलचित्रमा हानिए । विराजले ५ बर्ष अगाडी अभिनय गरेको अन्तिम चलचित्र थियो ‘मृगतृष्णा’ । त्यसपछि उनका नयाँ चलचित्रहरु दर्शकहरु हेर्न पाएनन् । दर्शकहरुले गएको ५ बर्षमा एक्शन नायक विराज भट्टको खोजी नगरेका होइनन् तर उनी एकपछि अर्को गर्दै भोजपुरी चलचित्रमा व्यस्त रहे । उनलाई त्यो समय धेरैले पैसाका लागि भोजपुरी चलचित्रमा गएको भनेर पनि आरोप लगाए तर उनीले ५ बर्षपछि नेपाली चलचित्र ‘जय परशुराम’ मार्फत कमब्याक गरे । चलचित्र ‘जय परशुराम’ ले उनको कमब्याक सफल बनायो ।उनले ५ बर्षको अवधीमा नेपाली चलचित्रमा काम गर्न नचाहेका होइनन् तर उनले भने जस्तो ब्यानर र खोजे जस्तो कथा भेटेनन् । त्यसैले उनको कमब्याक ५ बर्षपछि रोज राणाले गराए । यसअघि रोज राणाले निर्माण गरेका केही चलचित्रमा मुख्य भुमिका निर्वाहा गरेका विराजले दुइटा भोजपुरी चलचित्रको सुटिङ गर्न बाँकी नै छ भने अन्य तीनवटा साइन गरिसकेका छन् । एकसमय नेपाली चलचित्रमा एकलौटी राज गरेका विराज भट्ट र नायक निखिल उप्रेतीको राम्रै प्रतिस्पर्धा रहेको बुझिन्छ । जब निखिल उप्रेती नेपाली चलचित्रमा एक्शन नायकको रुपमा आफुलाई स्थापित गराउँदै थिए त्यति बेला विराज भट्टको इन्ट्रीको एकपटक निखिललाई धर्मराएको थियो । त्यस बेला निर्माताहरु नै अन्योलमा हुन्थे कि आफ्नो चलचित्रमा कुन हिरो लिने ।
चलचित्र ‘पिँजडा’ छायाँकनको क्रममा नौं तलाबाट हामफालेर एकाएक चर्चामा आएका निखिललाई अहिले पनि सफल नायकको रुपमा हेरिन्छ । ‘पिँजडा’ चलचित्रपछि निखिलले जसरी नेपाली चलचित्रमा एकलौटी राज गरे उनलाई त्यति बेला टक्कर दिने कोही पनि नायक थिएनन् तर झुल्किए विराज भट्ट । विराजको इन्ट्री एकपटक निखिललाई भारी पर्न थाल्यो । यतिसम्मकी विराजको इन्ट्रीले निखिललाई ओझेलमा पारेकोसम्म बुझिन्छ । तर अचम्मको कुरा के छ भने यि दुई हिरोले सफलता पाउँदै गर्दा हराए । केही बर्ष अगाडी ‘भैरव’ बाट कमब्याक गरेका निखिल र चलचित्र ‘जय परशुराम’ बाट कमब्याक गरेका विराजको प्रतिस्पर्धा फेरी पटक राम्रै हुने चलचित्रकर्मीहरुले अनुमान लगाउन सुरु गरिसकेका छन् । तर विराज भट्ट यो कुरालाई नर्काछन् । उनी आफ्नो प्रतिस्पर्धा नेपालका कुनै नायकसँग नरहेको बताउँछन् ।
एक अन्तर्वार्ताको दौरानमा विराजले कलासँग कसैको पनि प्रतिस्पर्धा नहुने बताउँदै एकआपसमा सिनेमा जुध्दा कुन चलचित्रले कस्तो विजनेश गर्यो भन्ने विषयमा मात्र प्रतिस्पर्धा हुने उनको बुझाई छ ।
विराज भन्छन्, ‘आर्ट फिल्ममा प्रतिस्पर्धा हुँदै हुँदैन । यो सोच नै गलत हो । प्रतिस्पर्धा कलाकारको बीचमा हुँदैन । प्रतिस्पर्धा कहिले कहिले फिल्म एकआपसमा जुध्दा मात्र हुन्छ । दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा मात्र प्रतिस्पर्धा हुने गर्छ नत्र कलाकार कलाकारबीच कहिले पनि प्रतिस्पर्धा हुँदैन । म भित्र भएको क्वालिटी अगल हुन्छ भने अर्को कलाकारको अलग हुन्छ । कसैले लभर व्यायको इमेज लिएर आएको हुन्छ, कसैले एक्शनको इमेज लिएर आएको हुन्छ । सबैको आ-आफ्नै मान्यता हुन्छ ।’
विराज अगाडी भन्छन्, ‘मलाई के लाग्छ भने मेरो प्रतिस्पर्धा नेपालका कुनै कलाकारसँग छैन जस्तो लाग्छ । हामीसँग एउटा चाहिँ प्रतिस्पर्धा हुन्छ त्यो भनेको नेपाली चलचित्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा ।
उनले आफुलाई भोजपुरीमा पनि नेपाली सुपरस्टार भनेर सबै चिन्दा निकै खुसी लाग्ने गरेको पनि बताएका छन् ।’ उनी भन्छन्, ‘म नेपालको सुपरस्टार हुँ । म आज जहाँ जे छु त्यो नेपाली चलचित्रले दिएको हो । म निकै दुख गरेर भित्रिएको थिए नेपाली चलचित्रमा र भोजपुरी चलचित्रमा पनि । म भोजपुरी चलचित्रमा काम गर्दा सेकेण्ड लीडमा थिए । तर मलाई भोजपुरीमा दर्शकहरुले निकै रुचाइदिनु भयो । मलाई भोजपुरीमा पनि नेपाली सुपरस्टार भनेर चिन्दा निकै खुसी लाग्छ ।’
चाँडै नयाँ नेपाली चलचित्रमा काम गर्ने तयारीमा रहेका विराज भट्ट अहिले नेपालमा नै छन् ।