केही बर्ष अगाडीसम्म प्रेम सम्बन्धमा रहेका हलीउड गायिका सेलेना गोमेज र हलीउड गायक जस्टिन बीबरले ‘टीन च्वाइस अवार्ड २०१६’ जितेका छन् । एक हलीउड इन्टरटेन्मेन्ट बेवसाइटका अनुसार इन्स्टाग्राममा सेलेनाले एक तस्बिर सबैभन्दा बढी हिट भएको केही हप्तापछि ३१ जुलाईको उनलाई अमेरिकाको क्यालिफोर्नियाको फोरम इन इन्ग्लेवुडमा आयोजित पुरस्कार समारोहमा ‘च्वाइस इन्स्टाग्रामर’को अवार्ड प्रदान गरिएको हो । बीबर उक्त इभेन्टमा ट्वीटरको बादशाह भएर उभिएका थिए । उनले लेडी गागा , कैटी पेरी, ब्रिटनी स्पीयर्स, केविन हार्ट र केनी वेस्टलाई हराएर ‘च्वाइस ट्वीट’ अवार्ड जिते । सोशल मिडियामा एक्टिवनेसको कारण केली जेनर , क्रिस्टिना ग्रिमी, फिफ्थ हार्मोनी र कैमरोन डालासले पनि विजेताको रुपमा आफुलाई उभ्याएका थिए ।