सामाजिक सञ्जालमा कामुक तस्बिरहरु पोष्ट गरेर खुबै चर्चामा आइरहेकी बलीउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णाले पनि बलीउड चलचित्रमा आफ्नो पाइला अगाडी बढाइरहेकी छिन् । केही महिनादेखी गाइँगुइँ कृष्णा पनि बलीउड चलचित्रमा काम गर्ने मनसायमा रहेको खबरहरु बाहिर आइरहेको थियो । उनलाई बलीउड चलचित्रमा साबिर खानले डेव्यू गरउने भएका छन् । कृष्णा चलचित्रमा मुख्य भुमिकामा भने काम गर्न लागेकी होइनन् उनलाई साबिर खानले आफ्नो नयाँ चलचित्र ‘मुन्ना माइकल’मा सह-निर्देशनको जिम्मेवारी दिँदैछन् । साबिर खानले कृष्णालाई सह निर्देशकको रुपमा पाउँदा खुसी महशुस गरेको बताए । साबिरको यो नयाँ चलचित्रमा टाइगर श्राफको मुख्य भुमिका रहनेछ । चलचित्रमा टाइगर माइकल ज्याक्सिनको निकै ठुलो फ्यानको भुमिका निर्वाह गर्दैछन् ।