युद्धकालिन राजनीतिक राजनीतिक इतिहाँस बोकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक देशको ३९ औँ प्रधानमन्त्रीमा आज चयन हुने भएका छन् । कांग्रेस माओवादी गठबन्धनबाट मात्र हैन उनी प्रधानमन्त्री पदकै एक्ला उम्मेद्धार भएका छन् । एक्ला उम्मेद्धार भएपनि उनले आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको देखाउन ब्यवस्थापिका संसदमा मतदानको सामना गर्नु पर्ने भएको छ ।
दाहाललाई नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक राप्रपा लगाएत ११ दलको समर्थन रहेको छ । दाहालको उम्मेद्धारीमा समर्थक बसेका मोर्चाका नेताहरु भने मंगलवार साँझ भाँडिएका छन । मधेसी मोर्चाले राखेका माग मुलुकको हित विपरित भएको ठहर गर्दै कांग्रेस माओवादीले सहमतिमा हस्ताक्षर गर्न मानेनन् ।
यसलाई मोर्चाका नेता तथा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले धोकाको संज्ञा दिएका छन् । उनले कांग्रेस र माओवादीले सहमति हुनु पूर्व नै धोका दिएको बताए । हामी दाहालको समर्थनमा बस्यौ तर उहाँहरुले सहमति गर्न नमानेपछि हामी मतदान गर्न बाध्य हुने छैनौ, यादवले भने दिउँसोसम्म सवै ठिक थियो, हामी समर्थनमा बस्यौ तर एकाएक उहाँहरु सहमतिबाट पछि हट्नु भयो ।
कांग्रेस माओवादी गठबन्धन र मधेसी मोर्चाबीच बुधबार विहान पनि छलफल हुने भएको छ । छलफलमा सहमति नभए दाहाललाई मतदान नगर्ने मधेसी मोर्चाले जनाएका छन् । -यस काठमाडौं