अख्तियारमा लोकमान सिंह कार्की रहे पनि नरहे पनि राजनीतिक आवरणमा अर्बाै भष्ट्रचार गर्नेहरुलाई नछाड्ने निमित्त आयुक्त दीप बस्नेतले बताएका छन ।
सोही योजना अनुरुप अहिले आयोगका निमित्त प्रमुख दीप वस्नेतको अगुवाईमा एमाले र माओवादी नेताहरुको संलग्नतामा भएका ठूला भ्रष्टाचार काण्डको फाइल झिकिएको छ ।
अख्तियार स्रोतका अनुसार वस्नेतले एमाले र माओवादीका शीर्ष नेतासहितको संलग्नतामा मनमोहन कलेज र लडाकू शिविर भ्रष्टाचार प्रकरणमा भएको अरबौंको भ्रष्टाचार काण्डको फाइल अगाडि बढाउने सबै तयारी पूरा गरेका हुन् ।
माओवादीका शीर्ष नेताहरुको संलग्नतामा सयौैं नक्कली लडाकू खडा गरी राज्यकोषमा अरबौं रुपैयाँ भ्रष्टाचार गरिएको प्रकरण हालसम्म पनि गुपचुप राखिदै आएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा लगायतको संलग्नतामा भएको अरबौंको भ्रष्टाचार प्रकरणको फाइल यसअघि अख्तियारले खोल्न खोज्दा तत्कालीन सत्ता समीकरण नै परिवर्तन भएको थियो । लडाकू भ्रष्टाचार प्रकरणमा जेल परिने भएपछि माओवादी नेता कृष्णबहादुर महरा रातारात दिल्ली गएर ‘भारतले जे भने पनि मान्ने’ भन्दै नेपाल फर्किएका थिए र त्यही बेला ओली नेतृत्वको सरकार ढाल्ने डिजाइन बनेको थियो । सो बेला भारतीय इशारामै माओवादी र कांग्रेस गठबन्धनको सरकार बन्ने भएपछि अख्तियारले समेत भ्रष्टाचार आरोपमा महरा लगायतका नेताविरुद्ध सुरु गर्न लागेको कारबाही रोकेको थियो ।
यसैगरी,मनमोहन कलेजको नाममा भएको भ्रष्टाचार प्रकरणमा करिब ३ दर्जन एमाले नेताहरु मुछिने स्रोतले जनाएको छ ।
‘अब एकदुई दिनमै खोलिएका फाइलसम्बन्धी मुद्धा विशेष अदालतमा दायर हुनेछ ।’ ती अधिकारीले भने–‘लोकमान रहून् या नरहुन्, तर राजनीतिक आवरणमा अरबौंको ब्रम्हलुट गर्नेहरुलाई छाडिन्न ।
भोलिका दिनमा अख्तियारको नेतृत्व गर्नेहरुको मनोबल उच्च राख्न समेत राजनीतिक आवरणमा भएका भ्रष्टाचार प्रकरणलाई टुंगोमा पुर्याइन आवश्यक छ ।’-एस काठमाडौं