देशमा व्यापारीहरुले व्यापार व्यवसाय फस्टाउन जे गरेपनि हुने हो र ? त्यसले बालबालिका, किशोर किशोरीहरुको स्वास्थ्यमा गम्भीर असर पुर्याउने जान्दा जान्दै सरकारी अधिकारीहरुले आँखा चिम्लनु चाहिँ अर्काे रहस्यको विषय हो ।
अहिले बजारमा दुई थरीका पेय पदार्थहरुको खुलेआमा बिक्रिवितरण भैंरहेको छ । एउटा इनर्जी ड्रिङ्स (शक्ति बद्र्धक) पेय पदार्थको रुपमा चिनिएको रेडबुल र अर्काे,हालै मात्रै बजारमा ल्याइएको सफ्ट ड्रिङ्स (हल्का पेय पदार्थ) सोमर्बी होे ।
अहिले यीनै दुबै पेय पदार्थ गोर्खा बु्रअरी कम्पनीबाट उत्पादित पेय पदार्थहरु हुन । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएसँगै हानिकारक मानिएको यो रेडबुल डेनमार्क, फ्रान्सलगायतका मुलुकमा प्रतिवन्ध लागिसकेकोछ र भारतमा समेत यसको प्रयोग नगर्न जनचेतजना जगाउने कार्य तिव्र रुपमा भइरहेको छ ।
In 2009, Germany banned the sale of Red Bull in several states after tests found trace amounts of cocaine in Red Bull Cola. After the Red Bull-related deaths of a 16-year-old boy and a 21-year-old squash player in 2012, Kuwait banned the sale of the drink to people under 16.
मुलुकमा पिउनका लागि अयोग्य भनिएको प्रतिबन्धित रेडबुल नेपालमा भने खुलेआम विक्री वितवरण हुँदै आएको छ । नेपालमा विशेषगरी शहरिया विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु नजिकका होटल तथा रेष्टुरामा शक्ति बढाउने पेय पर्दाथ भन्दै रेडबुल पिइरहेको भेटिन्छ ।
कम्पनीका अनुसार रेडबुलमा चार दशमलव पाँच प्रतिशत अल्कोहल मिसाइएको छ । रेडबुल जुनसुकै उमेरकाले पनि पिउन समस्या नरहेको र सोमर्बी १८ बर्षभन्दा कम उमेरकाले पिउन नहुने भनेर बोतलमै लेखिएको स्पस्टै देखिन्छ । शक्ति बढाउने नाममा युवादेखि बयस्कहरुले रेडबुल पिएर बलात्कारका घटना भएका, धेरै सेवनले ज्यान गएका थुप्रै समाचारहरु आउन थालेकाछन । यसमा प्रयोग हुने रसायनिक वस्तुले विद्यार्थीहरुलाई रातभर जागराम बस्न, यौन उत्तेजना बढाउने सहयोग गर्ने हुँदा त्यसले उनीहरुमा गलत विचार र क्रियाकलाप गर्न अभिप्रेरित गर्ने गर्दछ ।
रेडबुल कतिको खतरानक छ भन्ने जान्न यो लिंकमा जानुहोस
http://www.snopes.com/medical/potables/redbull.asp
http://www.rense.com/general88/bull.htm
गोर्खा ब्रअुरीले भने रेडबुल र सोमर्बी जस्ता उत्पादन आफूहरुको नभई अन्तराष्ट्रिय ब्राण्ड भन्दै सरकारी निकायलाई नै प्रभावित र भ्रमित बनाउने काम गर्दै आएको छ । रेडबुलमा मिसाइने रसायनियक पदार्थले मानिसहरुको मुटु, कलेजोमा प्रत्यक्ष असर गर्ने डेनमार्कमा पाँच बर्ष अघि गरिएको एक अध्ययनले पुष्टि गरेको थियो ।
रेडबुलले गर्ने मुख्य असरः
१. नियमित व्यायाम नगरी रेडबुलले पिउँदा मुटुको पम्प रेट बढ्ने र हृदयघात समेत हुने गर्दछ ।
२. रेडबुललाई रक्सीसँगै मिसाएर खाए सिधै कलेजोमा असर पर्छ ।
३. यसमा ‘कोमा’मा राखिएका बिरामीलाई होस्मा ल्याउन प्रयोग गरिने भिटामिन बी १२ प्रयोग गरिएको हुन्छ । जसले सामान्य अवस्थाका मानिसको स्वास्थ्यमा गम्भीर आघात पुर्याउँछ ।
४. रेडबुल दैनिक पिउने गर्नाले यसको असर सिधा नशामा पर्छ । जसले मानिसलाई सधै रक्सी, बियर र अन्य नशालु पदार्थ सेवन गर्ने बानीको विकास गराउँछ ।
५. रेडबुलमा त्यस्तो तत्व हुन्छ जसले मुटुलाई थोरै शक्तिमै पम्प गर्छ । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्दै मुटुरोग लाग्छ ।
यसले रगतलाई बाक्लो र चिपचिपे बनाउने हुँदा हृदयघाटको बढी संभावना हुन्छ । रेडबुल पिएको केही क्षणमै मानिसहरुको रक्तसञ्चार र मुटुको गतिमा फरक महशुस हुन्छ । -एस काठमाडौं